0
Shares
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । उनले सोमबार बिहान ९ बजे बस्ने गरी आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा क्रियाशील सदस्यताका विषयमा छलफल हुनेछ । महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे जानकारी गराउने छन् ।
पदाधिककारी बैठकमा समसायिक राजनीतिक घटना क्रमबारे पनि छलफल हुनेछ । यस्तै, गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्रीको सचिवालय पनि मुछिएको भन्दै मन्त्रीको समेत राजीनामा मागिएको छ । यसबारे पार्टीको धारणा बनाउने गरी छलफल हुनेछ ।