ट्रम्पले आयातमा भारी कर लगाउने घोषणा, एप्पलमाथि पनि खनिए

0 Shares

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली संघबाट आयात हुने सम्पूर्ण वस्तुमा ५० प्रतिशत कर लगाउने बताएका छन् ।

उनले यदि एप्पल कम्पनीले आफ्ना फोन अमेरिकाभित्र उत्पादन नगरे ती सामानमा २५ प्रतिशत कर लगाइने चेतावनी दिए ।

उनले सामाजिक सञ्जालमा भने, ‘हाम्रो वार्ता युरोपेली संघसँग अघि बढिरहेको छैन, त्यसैले म आगामी सन् २०२५ देखि युरोपेली संघका सबै वस्तुमा सोझै ५० प्रतिशत कर लगाउने सिफारिस गर्दै छु, यदि ती वस्तु अमेरिकामै निर्माण गरिन्छ भने कुनै पनि शुल्क लाग्ने छैन ।’

एप्पलमाथि निशाना

यस घोषणाअघि राष्ट्रपति ट्रम्पले एप्पल कम्पनीप्रति असन्तुष्टि जनाउँदै यदि उक्त कम्पनीले अझै आफ्नो फोन एशियामा उत्पादन गरे २५ प्रतिशत कर लगाइने चेतावनी दिए ।

योसँगै एप्पल कम्पनी अन्य ठूला अमेरिकी कम्पनीजस्तै राष्ट्रपतिको नीतिअन्तर्गत दबाबमा परेको देखिएको छ । ती कम्पनीमा अमेजन, वालमार्टलगायत रहेका छन् ।

जसले ट्रम्पको शुल्क नीतिका कारण उत्पन्न भएको अनिश्चितता र मूल्य वृद्धिको दबाब भोगिरहेका छन् ।

सम्बन्धित समाचार