आज मिति २०८० साल माघ १७ गते बुधबार । तदनुसार जनवरी ३१ तारिख २०२४ । माघ कृष्ण पक्ष पञ्चमी तिथि । बिहान ६ बजेर ५१ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर ४३ मिनेटमा अस्ताउने छ ।
मेष
अरूको भरले मात्र काम पूरा नहुन सक्छ । तर सहयोगीहरूको साथ जुट्नाले रोकिएका काम सम्पादन गर्न सकिने छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउने छ । केही उपहार प्राप्त हुने छन् ।
वृष
राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुने छन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ ।
मिथुन
काम गर्न हौसला प्रदान गर्ने छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।
कर्कट
लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदै हुनेछ । समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू फेला पर्ने छन् । यात्राको साइत पनि जुर्न सक्छ ।
सिंह
सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने छ ।
कन्या
जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा दिलाउने छ । विशिष्ट व्यक्तिहरू सहयोगीका रूपमा उपस्थित हुने छन् । विशेष योजना बन्ने छन् । समुदायको हक हित हुने काम सम्पादन गर्न सकिने छ ।
तुला
पहिलेको चुनौती समाप्त होला । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । दाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ ।
वृश्चिक
दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम सम्पादन गर्न सकिने छ । अर्थ अभावले सताए पनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिने छन् । स्वास्थ्य भने कमजोर रहने छ ।
धनु
परिवारजनको साथले उत्साह जगाउने छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा मन रमाउने छ । रमाइलो यात्रा हुनुका साथै अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ ।
मकर
आफ्नै व्यवहारप्रति पछुतो लाग्न सक्छ । आलोचकहरूलाई व्यवहारले समेट्नु पर्ला । प्रयत्न गर्दा विगतका कमजोरी सच्याउन सकिने छ । सावधानीले पनि क्षतिबाट जोगाउने छ ।
कुम्भ
प्रतिष्ठित व्यक्तिहरू नजिकिने छन् भने नयाँ काम प्रारम्भ हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउने छ । सहयोगीहरूले पनि साथ दिने छन् ।
मीन
अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिने छन् । ईर्ष्या गर्नेहरूले सताए पनि परिस्थितिले साथ दिनेछ । प्रतिस्पर्धीहरूले हार खाने छन् भने आस मारेको नतिजा सकारात्मक हुनेछ ।