0
Shares
काठमाडौं । एक साता नगरकोटमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले सोल्टी होटलमा लञ्च पार्टी दिएका छन् । शीर्ष ४ जना राजावादी नेताहरूलाई उनले सामूहिक भेटवार्ता गरी लञ्च दिएका हुन् । यस क्रमाम करिब डेढ घण्टा कुराकानी भएको हो ।
स्रोतका अनुसार आगामी जेठ १५ गते हुने राजावादीको आन्दोलनलाई प्रभावकारी बनाउनेबारे छलफल गर्न लञ्च पार्टी दिएका हुन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्ट पूर्वराजा भेट्न सोल्टी पुगेका थिए ।
भेटमा संयुक्त जनआन्दोलनलाई कसरी प्रभावकारी बनाउने तथा राजावादीबीच आपसी समझदारी र विश्वास बढाउन कुराकानी भएको जनाइएको छ ।