काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी जेठ १५ गते राजावादीहरूलाई प्रदर्शनका लागि दिइएको छुटलाई कमजोरी नठान्न चेतावनी दिएका छन् । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता गुरुङले सरकारले देखाएको उदारतालाई कमजोरी नठान्न आग्रह गरे ।
मन्त्री गुरुङले राजावादीहरूको गतिविधिबाट सरकार नडराएको भन्दै उनले उदारतापूर्वक विरोध गर्नेलाई पनि अधिकारी छुट दिएकाले मात्रै त्यसको अभ्यास गरेको बताए । ‘त्यो दिनको प्रदर्शन कति ठूलो होला भन्ने चाहिँ त्यही दिनको प्रदर्शनले देखाउँछ । तर, हामीले फेरि पनि उदारतापूर्वक विरोध गर्नेलाई पनि अधिकार छुट दिएकै छ । यो हाम्रो कमजोरी होइन,’ मन्त्री गुरुङले भने, ‘हामी डराएर गरेका हैनौं । त्यसरी प्रदर्शन गर्न छुट दिँदा कमजोरी नठाने हुन्छ । हामीले उदारतापूर्वक अभ्यास गरौं न भनेर छाडिदिएका हौं ।’
राजावादीले संविधानले छुट नदिएका कृयाकलाप नगर्न उनले आग्रह गरे ।