काठमाडौं । विं.सं. २०७९ साल वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा काठमाडौं महानगर मेयरमा बालेन साह (बालेन्द्र साह), धरान उपमहानगर मेयर हर्क साम्पाङ (हर्कराज राई) र धनगढी उपमहानगर मेयर गोपाल हमाल स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भए ।
काठमाडौं महानगरसहित ठूला सहरबाट स्वतन्त्र उम्मेदवारीहरू मेयरमा निर्वाचित भएपछि शीर्ष दललाई ठूलो धक्का पर्यो । तत्कालन नेपाली कांग्रेस र नेकपा एमाले चुनावी तालमेल गरेर निर्वाचनमा गएका थिए ।
यतन, नेकपा एमालेसहित साना दल तालमेल गरेर चुनावी मैदानमा उत्रिएका थिए । ती दुवै चुनावी गठबन्धनलाई हराएर काठमाडौं जस्तो संघीय राजधानीको महानगरमा बालेनले चुनाव जितेपछि ठूला दल त्रसित हुन पुगे ।
बालेन निर्वाचित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएर तबला उपहार दिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालेन, हर्क र गोपी हमाललाई गणतन्त्रका सुन्दर फूल भएकाले फर्किन, फुल्न दिनुपर्ने प्रतिक्रिया दिए ।
तर, ठूल दलका नेताहरू बाहिर खुसी हुँदै बधाई दिए पनि भित्र स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएपछि आफ्नो अस्थित्वमाथि संकट आएको हो कि भन्दै त्रसित हुन पुगेको आभास हुन्थ्यो ।

लगत्तै भएको संघीय र प्रदेश निर्वाचनमा मिडियामा प्रस्तोता भएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन गरेर चौथो ठूलो दल भएपछि पुराना दललाई नराम्रोसँग धक्का लाग्यो । अहिले रवि सहकारी ठगी प्रकरणमा मुद्दा खेपिरहेका छन् । जसका कारण उनलाई खास वास्ता गरिएको छैन ।
सहकारीको बचत हिनामिनाको आरोपमा रवि प्रहरी हिरासतमा भए पनि बाहिर आमजनतामा पुराना दलले अनावशयक रुपमा दुःख दिएको पर्न गएको छ । उनलाई सहकारी प्रकरणमा दोषी ठहर गर्न खोजिए पनि त्यसको असर जनतामा परेको देखिदैन ।
स्थानीय तहमा निर्वाचित बालेन, हर्क साम्पाङ र गोपी हमाल आगामी २०८४ सालको निर्वाचनमा के गर्छन ? भन्ने सवाललाई शीर्ष नेतासहित आमजनताले पर्खेर बसेका छन् । तीन मेयर एउटै ठाउँमा आएर पार्टी बनाए हुन्थ्यो भन्ने आमजनतामा परेको छ । जसका कारण सार्वजनिक स्थानसहित व्यक्तिगत सवारी साधानमा समेत फोटो राखेर आश लाग्दा व्यक्ति भनेर प्रचार गरेको सजिलै देख्न सकिन्छ ।
तर, बालेनले पार्टी बनाउनेबारे सार्वजनिक रुपमा उद्घोष गरेका छैनन् । उनी निकट केही व्यक्तिहरुले पार्टी बनाउन मसिनो गरी अध्ययन र अनुसन्धान हुँदै गरेको बताउने गरेका छन् । तर, महानगरकै एक वडाध्यक्षले बालेनले पार्टी बनाउने कुनै आभास नपाएको प्रतिक्रिया दिए ।
‘बालेन पार्टी बनाउने खालका वैचारिक राजनीतिक सांगठनिक व्यक्ति होइनन्, युट्युब र अनलाइनको भरमा मेयर जिते,’ ती वडाध्यक्षले भने, ‘पार्टी बनाउन कुनै एक्सरसाइज गरेको देखिदैन, हर्क साम्पाङलगायतले पार्टी बनाउन आग्रह गर्ने गरेका छन्, प्राय काठमाडौं आएका बेला मेयर साबलाई भेट्ने पनि गर्छन ।’ धरानका मयेर हर्क साम्पाङलाई खबरविन्दले बारम्बार सम्कर्प गर्न खोज्दा साम्पर्कमा आउन चाहेनन् ।

यसैबीच, गोपी हमाल आफै विरामी भएर आगामी दिनमा सक्रिय राजनीतिमा आउन नसक्ने हुन कि भन्न प्रश्न उत्पन्न भएको छ । केही महिनाअघि मात्रै उनलाई गम्भीर स्वास्थ्य समस्या भएपछि भारत लगेर उपचार गरिएको थियो । यता, हर्क साम्पाङ पार्टी निर्माण गर्ने तयारी स्वरुप पूर्वी नेपालमा देश दौडाह गरिरहेका छन् ।
बालेन, हर्क, गोपी हमाल फरक फरक खालको चरित्र र व्यवहार भएकाले एकै ठाउँमा आएर पार्टी बनाए पनि चल्न गाह्रो हुने ती वडाध्यक्षको भनाइ छ । निर्वाचन आउन दुई वर्ष बाँकी भएकाले त्यतिबेला कसरी अघि बढ्छ ? भन्न सकिने अवस्था छैन ।