0
Shares
काठमाडौं । सेती प्रादेशिक अस्पताल धनगढीमा बिरालोले टोकेको सुई लगाउन गएकी महिलाको निधन भएको छ । कैलालीको भजनी नगरपालिका ४ खैलाड घर भई हाल धनगढीमा बस्दै आएकी ४० वर्षीय सीता डंगौराको निधन भएको हो ।
उनलाई गत १५ चैतमा घरको बिरालोले खुट्टामा नङले कोपरेको थियो । केही भइहाल्छ कि भनेर उनी रेबिजविरुद्धको सुई लगाइन् । गत १८ गते रेबिजविरुद्धको दोस्रो डोजको सुई लगाउन आफै अस्पताल पुगेकी थिइन् ।
डाक्टरले सुई लगाउनासाथ आफूलाई अप्ठ्यारो भएको भन्दै डंगौराले बहिनीलाई फोन गरिन् । उनको बहिनी अस्पताल नपुग्दै भेन्टिलेटरमा राखिसकेको बहिनी मनिषा चौधरीले बताइन् ।
अस्पतालले बिहीबार मृत घोषणा गरी शव लैजान भनेको छ । मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै शव बुझ्न अस्वीकार गरेका छन् ।