ई-सेवाको सिष्टममा समस्या हुँदा कारोबार ठप्प, ह्याक भएको आशंका

0 Shares

काठमाडौं । मोबाइल वालेट सर्भिस प्रोभाइडर ई-सेवामा समस्या देखिएको छ ।

सोमबार दिनैभरी ई-सेवाको सिस्टममा समस्या देखिएको ई(सेवाका एक कर्मचारीले बताए । उनले भने, ‘ ई-सेवामा समस्या आएको हो। हामीले यसबारेमा अनुसन्धान गरिरहेका छौं।’  उनका अनुसार के भएर समस्या भएको भन्‍नेबारे अझै बुझ्न थाहा पाउन सकिएको छैन।

ई-सेवा खोल्दा लग इन नहुने, लग इन भए पनि कारोबार नहुनेलगायतका समस्या देखिएका छन् । सिस्टममा समस्या देखिएसँगै कारोबार ठप्प हुँदा सेवाग्राही भने समस्यामा परेका छन् । मोबाइल वालेटमा गरिएको कारोबार देखाएको छैन ।

एफ वान सफ्टले निर्माण गरेको ई-सेवामा समस्या आएपछि ह्याकिङ भएकोसमेत आशंका गरिएको छ । ६ महिनाअघि एफ वान सफ्टको बैङ्क खाता नै ह्याक भएको थियो । कम्पनीले सिटिजन्स बैंकमा राखेको रकम ह्याकरले झिकेर लगेको थियो ।

ह्याकरको समूहले एफ वान सफ्टको अन्य सिस्टममा पनि प्रवेश पाएको आशंका गरिएको छ ।

सम्बन्धित समाचार