आज मिति २०८० साल माघ १६ गते मंगलबार । तदनुसार जनवरी ३० तारिख २०२४ । माघ कृष्ण पक्ष पञ्चमी तिथि । बिहान ६ बजेर ५१ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर ४२ मिनेटमा अस्ताउने छ ।
मेष
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । पहिलेको काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ । आयस्रोत बढ्ने छ । दिगो काम सुरु गर्ने समय छ । दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्ने छ ।
वृष
खर्चिलो काममा हात हाल्नाले रकम जुटाउन कर्जा लिनुपर्ला । तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्ने छ । दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ ।
मिथुन
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । केही आम्दानी हुने समय छ । श्रमको उचित मूल्य पाइने छ । रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्ने छ ।
कर्कट
बिहान अरूको दबाबमा परिने सम्भावना छ । आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नु होला । आफ्नैले काममा बाधा पुर्याउने छन् । तापनि वादविवादमा अघि नसर्नु होला ।
सिंह
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउने छ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । रोकिएका काम सम्पादन हुने छन् । भौतिक साधन जुट्नाले आँटेको काम गर्न सकिने छ ।
कन्या
स्वास्थ्य कमजोर हुनेछ । अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ । आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नु होला । फाइदा लिन उही काममा दोहोर्याएर प्रयत्न गर्नु पर्ला ।
तुला
रमाइलो भेट भए पनि व्यावहारिक काम गर्ने समय छ । प्रियजनका लागि केही समय छुट्याउनु पर्ने हुन सक्छ । प्रयत्न गर्दा अड्किएको काम बन्ने छ । पेसा–व्यवसायमा आंशिक लाभ हुनेछ ।
वृश्चिक
रकम खर्च भए पनि काम अड्किन सक्छ । किनमेल गर्दा अनावश्यक सामानमा बढी खर्च हुनेछ । यात्राले थकित भइएला । बिहान जटिल काममा जुट्नु परे पनि दिन उत्साहवर्द्धक रहने छ ।
धनु
श्रम परे पनि दिन उपलब्धिमूलक रहने छ । तर अधैर्य व्यवहार दर्साउँदा बिहान भने काम बिग्रन सक्छ । व्यर्थैमा अरूको आलोचना सहन गर्नु पर्ने छ, सजग रहनुहोला ।
मकर
काम सन्तोषजनक नभए पनि फाइदै हुनेछ । प्रयत्न गर्दा प्रतिष्ठित व्यक्तिहरूको साथ–सहयोग पाइने छ । र, दिगो काम प्रारम्भ गर्न सकिने छ । अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्ने छ ।
कुम्भ
आँटेको काम गर्न बिहानै जुट्नु होला । अग्रजको सहयोग लिँदा राम्रो हुने छ । तर विशेष योजना सार्वजनिक नगर्नु होला । दिउँसोदेखि समय केही प्रतिकूल रहने छ ।
मीन
बौद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ । प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुने छन् । आय स्रोत पनि बढ्ने छ । सहयोगीहरूले काममा साथ दिने छन् ।