0
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ ।
भेटमा कांग्रेस सभापति देउवासँग राष्ट्रिय राजनीतिको समसामयिक घटनाबारे छलफल भएको उपमहासचिव शर्माले जानकारी दिए । यस्तै, भेटमा टिआरसी, नेपाल राट्र बैंकका गभर्नरबारे पनि छलफल भएको उनको भनाइ थियो ।
तस्वीर सेयर गर्दै शर्माले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल ।’
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवाको गृहजिल्ला पुगेर देउवासँग फोनवार्ता गरेका थिए ।
देउवाले माओवादी पार्टीभित्रका विश्वास पात्रसँग भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।