काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत) सम्ममा २३ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २० करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको नाफा १६.२१ प्रतिशतले बढेको छ ।
सोमबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ६८ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ५३ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १० प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको विशेष जगेडामा ७० करोड १४ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २८ करोड ९६ लाख रुपैयाँ र अन्य इक्विटीमा १३ करोड १७ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म विशेष जगेडामा ५८ करोड ४६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १८ करोड १६ लाख रुपैयाँ र अन्य इक्विटीमा १६ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।
तेस्रो त्रैमाससम्म कम्पनीको बीमा कोषमा ४ अर्ब ८० करोड ८५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म बीमा कोषमा ३ अर्ब ३० करोड ७३ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ४५.३९ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिसम्म कम्पनी ४९ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४९ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क ०.२० प्रतिशतले बढेको छ ।
शेयर पुँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १५.५७ रुपैयाँ कायम भएको छ । गत वर्ष ईपीएस १३.४० रुपैयाँ थियो । चैतमा मूल्य आम्दानी अनुपात पीई रेसियो ३७.५४ गुणा र प्रतिशेयर नेटवर्थ १५८.३२ रुपैयाँ रहेको छ ।