नेपाली उत्पादनको ब्राण्डिलाई विश्व बजारमा पुर्याउन सुविधा सम्पन्न प्रदर्शनीको व्यवस्था हुनुपर्छ : श्रेष्ठ

0 Shares

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाली उत्पादनको ब्राण्डिलाई विश्व बजारमा पुर्याउनु जरुरी रहेको भन्दै त्यसका लागि सरकारसँग व्यवस्थित र सुविधा सम्पन्न प्रदर्शनीस्थलको व्यवस्था गरिदिन माग गरेका छन् ।

बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको १० औँ अन्तर्राष्ट्रिय व्यापार मेला को उद्घाटन सत्रमा बोल्दै उनले मेला प्रदर्शनीका लागि दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड दिए । सुविधा सम्पन्न प्रदर्शनीस्थलको अभावमा सोचेअनुसारको मेलालाई सभ्य र भव्य बनाउन नसकिरहेको यथार्थ औंल्याउँदै प्रदर्शनी केन्द्रको अभावले उत्पादन अनि ब्राण्डिङको अन्तर्राष्ट्रियकरण हुन नसकको दाबी गरे ।

छिमेकी मुलुकमा अन्तर्राष्ट्रियस्तरीय प्रर्दशनी केन्द्र रहेपनि नेपालमा एउटै पनि राम्रो प्रदर्शनीस्थल नहुँदा देशमा अन्तर्राष्ट्रियस्तरीय मेला महोत्सवको आयोजना गर्न निकै समस्या पर्ने गरेको उनको भनाई छ ।

भृकुटीमण्डपको अवस्था जीर्ण भएकाले आफूहरुले सरकारसँग व्यवस्थित र सुविधा सम्पन्न प्रदर्शनीस्थलको व्यवस्था गरिदिन आफूहरुले माग बारम्बार माग गर्दै आए पनि यसको समाधान हुन नसकिएको बताए । उनले भने, ‘सरकारले आगामी नीति तथा कार्यक्रममा भृकुटीमण्डपलाई व्यवस्थित बनाएर अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी तथा सभा, समारोह, गोष्ठी सेमिनार लगायत मनोरञ्जन पार्क बनाउने भनेको छ यसलाई दबाउने काम नहोस् ।’

कार्यक्रम बोल्दै उपाध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय व्यापार मेलाले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय व्यापारीकरण र मुलुकको अर्थतन्त्रमा सहयोग पुर्याउने बताए । मेलाले विदेशी तथा स्वदेशी व्यवसायीहरूको सम्बन्धलाई अझ प्रगाढ बनाउने उनको विश्वास छ । नेपाली वस्तुको गुणस्तर र ब्राण्डलाई विश्व बजारमा पुर्याइने जानकारी दिँदै उनले मेलापछि नेपाली वस्तुको विदेशी बजार माग धेरै आउने अपेक्षा रहेको उल्लेख गरे ।

सम्बन्धित समाचार