अर्थ मन्त्री विष्णु पौडेल किन प्रचण्ड भेट्न खुमलटार गए ?

0 Shares

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेट्न अर्थ मन्त्री विष्णु पौडेल मंगलबार बिहानै उनकै निवास खुमलटार पुगे । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले नेपाल भ्रमण गरेर भर्खरै स्वदेश फर्किएका छन् ।

चौथाईवाले नेपाल आउँदा नेपाली काँग्रेस र नेकपा एमाले समीकरण बदलिन सक्ने धेरैले विश्लेषण समेत गरे । यहीँ संशयका बिच प्रचण्डलाई भेट्न अर्थ मन्त्री पौडेल खुमलटार गएपछि प्रश्न उब्जिएको हो । अर्थ मन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासमात्र भएकाले प्रचण्डलाई भेट्न पुगेका हुन् । अर्थ मन्त्री पौडेल आगामी २०८१÷२०८२ सालको नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा परामर्श गर्न खुमलटार पुगेको हुन सक्ने प्रचण्ड निकट एक नेताले बताए । ‘तत्कालीन गठबन्धन भत्किने अवस्था छैन । माओवादी सरकारमा जाने सोचेको छैन । पार्टी अभियानमा जुटेको छ । सरकारको नीति तथा कार्यक्रम र सक्रममणकाली न्यायको पदाधिकारी टुङ्गो लगाउने विषयमा छलफल भएको हुन सक्छ’ ती नेताले भने । संक्रमणकाली न्याय माओवादीसँग जोडिएको विषय भएकाले पदाधिकारी सहित आगामी कदमका विषयमा प्रचण्ड र पौडेल बिच छलफल भएको हुन सक्ने ती नेताको भनाई छ ।

अहिले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा तत्कालीन समीकरण बदल्ने पक्षमा देखिएका छैनन् । ओली नेतृत्वको सरकारले राम्रो कार्य गर्न नसक्दा अपजसको भारी काँग्रेसले समेत बोक्नु परेको शेखर कोइराला, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मा लगायत नेताहरू मत राख्ने गरेका छन् । सभापति देउवा भने अध्यक्ष प्रचण्डसँग विश्वस्त हुन नसक्दा यो सत्ता गठबन्धन तत्काल फेरिने अवस्था कम देखिएको छ । सभापति देउवाको मनस्थिति नबलिएसम्म गठबन्धन तलमाथि नहुने स्वयम काँग्रेस नेताहरू समेत बताउँछन् । देउवा प्रधानमन्त्री ओलीलाई ६ महिना वर्ष दिन कुरेरै भएपनि सत्ता लिने दाउमा देखिएको स्वयम काँग्रेस नेताहरू बत्ताउँछन् ।

सम्बन्धित समाचार