गभर्नर नियुक्त गर्न नसकेको देख्दा जनताले सरकार ढलेजस्तो महशुस गरेको छ : प्रचण्ड

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्त गर्न नसकेको देख्दा दुई तिहाइ सरकारको बेलुन फुटिसकेको दाबी गरेका छन्।

सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा प्रचण्डले भने, ‘एक महिना बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन । दुई तिहाइको अहंकार त अब मैले हेर्दा त्यो बेलुन फुटिसकेको देख्छु’।

प्राविधिक रुपमा अहिलेको सरकार नढलेको भए पनि जनताको मन मस्तिष्कमा सरकार ढलेजस्तो भएको बताए । ‘प्राविधिक रुपमा त अहिले सरकार ढलेको छैन । तर साँच्चै जनताको मन मस्तिष्कमा यतिबेला नैतिक रुपमा भन्ने हो भने सरकार छैन, ढलिसकेको छ,’ उनले भने ।

 

सम्बन्धित समाचार