प्रधानमन्त्री र अजरबैजानका उपविदेशमन्त्रीबिच शिष्टाचार भेटवार्ता

0 Shares

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभबिच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबिचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको थियो ।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।

सम्बन्धित समाचार