घरमा झगडा भएर निस्किएका दम्पतीको शव फेला

0 Shares

काठमाडौं । कञ्चनपुरको पुनर्वासका एक दम्पती मृत अवस्थामा भेटिएका छन् । जिल्लाको पुनर्वास ९ ख गाउँ डब्बा कोलनी बस्दै आएको ६८ वर्षीय सबराम भुल र ६६ वर्षीय गंगादेबि भुलको जनजागरण सामुदायिक वन क्षेत्रभित्र झुन्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घरमा विवाद भएपछि दम्पतीले घर छोडेका थिए । ससुराली जान्छु भन्दै ११ गते घरबाट निस्किएका उनीहरू घर नफर्किएपछि १२ गते परिवारका सदस्यले हराएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए ।

११ गते बेपत्ता भएका दम्पतीको १५ गते शव फेला परेको हो । नजिकैको फरक फरक रुखमा झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार