गुर्खाज फाइनान्सको सञ्चालकमा नेम्वाङ र चोङवाङ नियुक्त

0 Shares

काठमाडौं । गुर्खाज फाइनान्स लिमिटेडले दुई वटा रिक्त पदमा सञ्चालक नियुक्त गरेको छ।

कम्पनीको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट कर्मेन्द्र बिक्रम नेम्वाङ (लिम्बू) र सर्वसाधारण समूहको तर्फबाट विनोद कुमार चोङवाङलाई नियुक्त गरेको हो।

उनीहरू दुवैलाई आजदेखि लागू हुने गरी बाँकी अवधिको लागि नियुक्त गरिएको कामु सिईओ तथा कम्पनी सचिव दिपक न्यौपानेले जानकारी दिएका छन्।

सम्बन्धित समाचार