राजस्थानसँग पाँच पटकको विजेता मुम्बाईको लज्जास्पद हार

0 Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) गएराति भएको खेलमा मुम्बई इण्डियन्सले लगातार तेस्रो हार बेहोरेको छ । राजस्थान रोयल्सले पाँच पटकको विजेता मुम्बई ६ विकेटले पराजित भएको हो ।

मुम्बईले दिएको १२६ रनको लक्ष्य पछाएको राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ्ग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन मात्र बनाएको थियो ।

यो सिजनमा मुम्बईको लगातार तेस्रो हार हो । त्यस्तै राजस्थान रोयल्सले लगातार तेस्रो जित हासिल गरेको छ ।

सम्बन्धित समाचार