सूर्यज्योति लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध

0 Shares

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिंग हाउसको भुक्तानी प्रणालीहरुमा आवद्ध भएको छ ।

डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न २ संस्थाहरु बीच सम्झौता भएको हो । सम्झौतापत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात् सूर्यज्योति लाइफ इन्स्योरेन्सको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआइ) सँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यस अन्तर्गत सूर्यज्योति लाइफ इन्स्योरेन्सले एनसीएचएल आइपीएस र आरपीएस बीमाको कारोबार गर्न सक्नेछ ।

यो प्रणालीहरु मार्फत प्रिमियम भुक्तानी लगायतका विभिन्न संकलनका करोबारहरु तथा एजेन्ट कमिशन, तलब, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खातामा सोझै गर्न सकिने सम्झौतामा उल्लेख गरिएको छ । साथै भविष्यमा अन्य भुक्तानीहरु पनि क्रमिक रुपमा लागू हुने योजना रहेको छ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको एनपीआइमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध भएको कम्पनीले जनाएको छ । अन्य पिएसपीर पिएसओ, रेमिटेन्स कम्पनीहरु, लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ११० भन्दा बढि गैर—बैंकिङ संस्थाहरु इन्डाइरेक्टरप्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको देशभर रहेका २०० भन्दा बढि शाखाहरु मार्फत ग्राहकहरुलाई बिमा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार