0
Shares
काठमाडौं । नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’बीच तेस्रो टी २० क्रिकेट खेल सुरु हुँदै छ । अन्तिम टी २० अभ्यास खेलमा आयरल्याण्ड एसँग नेपालले टस हारेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको टसमा आयरल्याण्डका कप्तान निल रकले जितेर पहिला फिल्डिङ रोजेका छन् । योसँगै नेपालले ब्याटिङको निम्तो पाएको छ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
नेपालले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै शृङ्खलाको उपाधि गुमाइसकको छ । आयरल्याण्डसँग नेपाल पहिलो खेलमा २१ रनले तथा दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।
यसअघिका दुवै खेलमा नेपालले सुरुआती ब्याटिङ उत्कृष्ट गरे पनि मध्यक्रम र तल्लोक्रम चल्न नसक्दा हार बेहोर्नु परेको हो ।
खेल दिउँसो १ बजेदेखि हुँदै । खेल नेपाल क्रिकेट संघको आधिकारिक युट्युब च्यानल क्रिकेट एसोसियन अफ नेपाल (क्यान)को युट्युब च्यानलमार्फत लाइभ हेर्न सकिन्छ ।