सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एक तोला किन्न एक लाख ९० हजार ६०० रुपैयाँ चाहिने

0 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा तीन हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा पाँ रुपैयाँले बढेर प्रतितोला एक हजार ९६० रुपैयाँ पुगेको छ ।

 

सम्बन्धित समाचार