काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्स भिड्दैछन् । यी दुईबिचको १७औँ सिजनको १४औँ खेल साँझ ७ः४५ बजेदेखि मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा हुनेछ ।
पाँच पटकको च्याम्पियन मुम्बई आफ्नो सुरुवाती दुवै खेल हारेर अंक तालिकाको पुछारमा छ । अर्कोतर्फ सञ्जु स्यामसनको कप्तानीमा रहेको राजस्थानको टोली सुरुवाती दुवै खेल जितेर तेस्रो स्थानमा छ ।
मुम्बई हेड टु हेडमा अगाडि
आईपीएलमा मुम्बई र राजस्थानबिच २८ खेल खेलिएको छ । मुम्बईले १५ र राजस्थानले १२ मा जित हासिल गरेको छ। एक खेल भने अनिर्णीत रह्यो । दुई टोलीबिचको अन्तिम खेल गत वर्ष मुम्बईमा भएको थियो । जसमा मुम्बई ६ विकेटले विजयी भएको थियो ।
दुई टोलीबिच वानखेडे रंगशालामा भएको ८ खेलमा मुम्बईले ५ र राजस्थानले ३ खेल जितेको छ । मुम्बईले वानखेडे स्टेडियममा खेलेको ७८ खेलमा ६१५ अर्थात् ४८ खेल जितेको छ। टोली मात्र २९ रनमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको थियो ।
मुम्बईका लागि तिलकको सर्वाधिक रन
पहिलो दुई खेलमा हार बेहोरेको मुम्बई इन्डियन्सको ब्याटिङ र बलिङ दुवै असफल भयो । यो सिजन टिमका लागि तिलक वर्माले सर्वाधिक रन बनाएका छन् । उनले २ खेलमा ८९ रन बनाएका छन् । बलिङमा जसप्रित बुमराहले टिममा सर्वाधिक ३ विकेट लिएका छन् ।
पराग चम्किए
सुरुका दुई खेलमा राजस्थान रोयल्सका लागि सबै ठिक रह्यो । ब्याट्सम्यानदेखि बलरसम्म सबैजना फर्ममा देखिन्छन् । यो सिजनमा युवा शीर्ष क्रमका ब्याट्सम्यान रियान परागले टिमका लागि सर्वाधिक १२७ रन बनाएका छन्। जबकि स्पिनर युजभेन्द्र चहलले सर्वाधिक ३ विकेट लिएका छन् ।
पिच रिपोर्ट
वानखेडेको पिच सामान्यतया ब्याट्सम्यानका लागि बढी सहयोगी साबित हुन्छ। उच्च स्कोरिङ खेलहरू यहाँ देखिएका छन्। यो विकेटमा तीव्र गतिका बलरले पनि सहयोग पाउँछन् । विशेष गरी नयाँ बलमा बलिङ गर्दा यहाँका बलरहरूले राम्रो स्विङ र बाउन्स पाउँछन्।
हालसम्म यहाँ १०९ आईपीएल खेलहरू खेलिएका छन्। पहिले ब्याटिङ गरेको टोलीले ५० खेलमा र लक्ष्य पछ्याएको टोलीले ५९ खेलमा जित निकालेको छ ।
मौसमको अवस्था
सोमबार मुम्बईमा मौसम राम्रो रहनेछ। तापक्रम २४ देखि ३४ डिग्री सेल्सियसको बिचमा रहनेछ।
दुबै टोलीको सम्भावित प्लेइङ-११
मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, इशान किशन ९विकेटकिपर०, नमन धीर, तिलक वर्मा, रोमारियो शेफर्ड, टिम डेभिड, शाम्स मुल्लानेरकुमार कार्तिकेय, पियुष चावला, जेराल्ड कोएत्जी र जसप्रित बुमराह।
इम्प्याक्ट प्लेयर : नुवान तुषारा, आकाश मधवाल, नेहल वढेरा।
राजस्थान रोयल्स : सञ्जु सैमसन (विकेटकिपर र कप्तान), यशस्वी जैसवाल, जोस बटलर, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र आवेश खान।
इम्प्याक्ट प्लेयर : नान्द्रे बर्गर।