धोनीको टोली पराजित खेलमा दिल्लीका कप्तान पन्तलाई १९ लाख जरिवाना

0 Shares

काठमाडौं । दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई इण्डियन प्रिमियर लिग (आईपीएल)मा १२ लाख भारु (१९ लाख २४ हजार रुपैयाँ) जरिवाना भएको छ ।

आइतबार राति चेन्नाई सुपर किंग्सविरुद्ध स्लो ओभर रेट (निर्धारित समयभन्दा बलिङ ढिलो सकेपछि) कप्तान पन्त जरिवानामा परेका हुन् । उनको टोलीले पाँच पटकको विजेता पूर्वकप्तान महेन्द्र सिंह धोनीको टोलीलाई २० रनले पराजित गरेको थियो ।

जारी आईपीएलमा स्लो ओभर रेटका कारण जरिवानामा पर्ने गुजरात टाइटन्सका शुभमन गिलपछि पन्त दोस्रो कप्तान हुन् । गत मंगलबार गिल चेन्नाईविरुद्ध नै कारबाहीमा परेका थिए ।

खेलमा कप्तान पन्तले अर्धशतकीय पारी खेले । उनले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रनको इनिङ खेलेका थिए ।

सन् २०२२ मा कार दुर्घटनापछि पन्त यसै आईपीएलबाट क्रिकेटमा फर्किएका हुन् । पन्तको लय भारतीय क्रिकेटका लागि धेरै राम्रो संकेत हो ।

विशाखापट्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।

सम्बन्धित समाचार