धोनी टार्न सकेनन् हार, दिल्लीले निकाल्यो पहिलो जीत

0 Shares

काठमाडौं । साबिक विजेता चेन्नई सुपर किंग्स कमजोर मानिएको टोली दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको छ ।

आइतबार राति भएको खेलमा १९२ रनको लक्ष्य पछ्याएको चेन्नई निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७१ रनमा समेटिएको हो । खेलको अन्त्यमा पूर्वकप्तान महेन्द्रसिंह धोनीले १६ बलमा ३७ रनको विस्फोटक इनिङ्स खेले ।

तर, धोलीले टोलीलाई हारबाट जोगाउन सकेनन् । उनले चार चौका र तीन छक्का प्रहार गरे । चेन्नईका लागि अजिंक्या रहाले सर्वाधिक ४५ रन बनाए । डेरल मिचेलले ३४ तथा रवीन्द्र जडेजाले नटआउट रहँदै २१ रन बनाए ।

दिल्लीका लागि खलिल अहमदले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र २१ रन खर्चेर दुई विकेट लिए । त्यस्तै, मुकेश कुमारले तीन तथा अक्षर पटेलले एक विकेट हात पारे ।

यसअघि डेविड वार्नर र ऋषभ पन्तको अर्धशतकीय पारीको मद्दतले दिल्लीले पाँच विकेटको क्षतिमा १९१ रन बनाएको थियो । वार्नरले ५२ रन तथा कप्तान पन्तले ५१ रन बनाए ।

चेन्नईका लागि मथिसा पथिरानाले तीन तथा मुस्तफिजुर रहमान र रवीन्द्र जडेजाले एक–एक विकेट लिए । यो सिजन दिल्लीको पहिलो जीत हो भने चेन्नईको पहिलो हार हो ।

सम्बन्धित समाचार