0
Shares
काठमाडौं । गत वर्ष नेपाली बजारमा सुनको मूल्य उच्च वृद्धि भयो । २०८१ वैशाख २ गते सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
वर्षको अन्त्यमा सुनको मूल्य करिब ५० हजारले वृद्धि हुँदै १ लाख ८६ हजार रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो ।
सोमबार नयाँ वर्षको सार्वजनिक बिदा भएकाले नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्य निर्धारण गरेको छैन ।
सोही अवधिमा अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यले नयाँ रेकर्ड बनाएको छ । अमेरिकी डलरको मूल्य वृद्धिसँगै सुनको मूल्य थप बढ्ने देखिएको छ ।
यता, चाँदीको मूल्य एक वर्षमा १५.२ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको वैशाख २ गते प्रतितोला एक हजार ७ सय रुपैयाँ रहेको चाँदी वर्षको अन्त्यतिर एक हजार ९६० रुपैयाँ कायम भएको थियो ।