काठमाडौंसहित देशका धेरै स्थानमा हावा हुरीसहित वर्षा हुने

0 Shares

काठमाडौं । आइतबार साँझ काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकाको उत्तरी क्षेत्रमा हावाहुरी, मेघगर्जन तथा चट्याङ हुने भएको हो । यस्तै, वर्षाको पनि सम्भावना रहेको छ ।

यसैबीच काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस र अधिकतम तापक्रम २९.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार