काठमाडौँ । चैत २९ गते शुक्रबार सुनको भाउ हालसम्मै उच्च विन्दुमा पुगेर नयाँ रेक्ड कायम भएको छ । यसदिन एकै दिन सुनको भाउ तोलामा ३ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी शुक्रबार चाँदीको मूल्य सामान्य बढेको छ । चाँदि प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार ९०५ रुपैयाँ कायम भएको छ । बिहीबार १ तोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २०८ दशमलव २० अमेरिकी डलर र चाँदी ३१ दशमलव ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।