काठमाडौँ । यो साताको पहिलो दिनमै नेप्सेमा खराब सुरुवात भएको छ । आइतबार सेयर बजार परिसूचक मापक नेप्से १७.० अंकले घटेर २०१८.३३ बिन्दुमा बन्द भएको हो ।
आज दिनभरमा ३१६ कम्पनीका ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३२४ रुपैयाँमा खरिद बिक्री भएका छन् । कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये निर्जीवन बीमा बाहेक सबै १२ ओटै ऋणात्मक बनेको छ।
उत्पादनमुलक सर्वाधिक ३।६५ प्रतितशले घटेको बजारमा ब्यापार, लघुवित्त र विकास बैंकको इन्डेक्स पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ । आज कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्टको सेयर मूल्य घटेर उच्च कारोबार भएको छ ।
कम्पनीको २ लाख ९० हजार १३६ कित्ता सेयर २८ करोड ६८ लाख ९३ हजार रुपैयाँमा किनबेच भएको हो । यस्तै गोर्खाज फाइनान्सको १२ करोड ५६ लाख, शिव् सिमेन्टको ११ करोड ५५ लाख हाथवे इन्भेष्टमैनटको ९ करोड ५८ लाख र रिभर फल्स पावरको ९ करोड माथिको सेयर कारोबार भयो ।
यसदिन मायाखोला जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।