प्रहरीद्धारा तीनकुने घटनामा संलग्न भएको आरोपमा थप ६ जना पक्राउ

0 Shares

काठमाडौं । प्रहरीले १५ चैतमा तीनकुनेमा प्रदर्शनको क्रममा भएको तोडफोड, आगजनीमा संलग्न भएको आरोपमा थप ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेहरूमा सर्लाही कबिलासी ६ घर भई हाल ललितपुरको टिकाथली बस्ने २२ वर्षीय अमित शाह, सुनसरीको धरान घर भई काठमाडौं ३१ बस्ने १९ वर्षीय सुमन कार्की छन् ।

त्यस्तै, बर्दिया बारबर्दिया २ जोहिगाउँका ३४ वर्षीय हेमराज थारु, धादिङ सिद्दलेख ४ का २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेको नमोबुद्द नगरपालिकाका ३० वर्षीया अनिता कुँवर ऐनी र सिन्धुपाल्चोक बाह्रबिसेका ३० वर्षीय कुमार तामाङ पक्राउ परेका छन् । उनीहरुमाथि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार