पक्राउ परे रवि लामिछाने, भोलि रूपन्देही लगिने

0 Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन्।

शुक्रबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त महाराजगन्जका प्रहरीको टोलीले रविलाई उनको हात्तीगौंडास्थित निवासबाटै पक्राउ गरेको स्रोतले बताएको छ।

शुक्रबार उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएसँगै रवि पक्राउ परेका हुन्। उनलाई पक्राउ गरिए पनि आजै रूपन्देही भने नलगिने स्रोतले बतायो। उनलाई आज राति जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिनेछ र शनिबार मात्रै रूपन्देही लगिने उनले बताए।

‘रवि लामिछानेलाई नियन्त्रणमा लिइएको छ। आज उहाँलाई काठमाडौं परिसरको हिरासतमै राखिन्छ। भोलि मात्रै रूपन्देही लैजाने तयारी छ,’ स्रोतले भन्यो।

 

सम्बन्धित समाचार