नेपालमा वर्ष दिनमै आठ सय दिपल गाडी बिक्री

0 Shares

काठमाडौं। एक वर्षको अवधिमा नेपाली बजारमा दिपल गाडीको बिक्री बढ्दो रहेको छ। एमएडब्लु वृद्धिले दिपल एस ०७ नेपालमा भित्र्याएको एक वर्ष पूरा हुँदा ८०० युनिट बिक्री भएको छ।

कम्पनीले एक वर्षको अवधिमा तीन मोडलका ईभी नेपाली बजारमा बिक्री थालिसकेको छ। कम्पनीले एक वर्षमा एस-०७, एल-०७ र ई-०७ मोडल नेपाल भित्रिएको हो।

कम्पनीले सबैभन्दा पहिला ल्याएको एस-०७ नेपाली बजारमा सफल मोडलको रुपमा मानिन्छ। फ्युचरिष्टिक डिजाइन, आक्रमक लुक्स र युवा पुस्तालाई लोभ्याउने क्याबिन फिचरको कारण यसलाई धेरैले मन पराएका छन्।

कम्पनीले दिपल एस-०७ मा ८० प्रतिशत फाइनान्स सुविधा उपलब्ध गराएको छ। ग्राहकले २० प्रतिशत मात्रै डाउन पेमेन्टमा दिपल एस-०७ किन्न सक्ने छन्।

 

सम्बन्धित समाचार