काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गुण्डानाइकेले आतंक मच्चाउँदैमा राजासंस्था नफर्किने बताएका छन् ।
राजसंस्था आन्दोलनका जनकमाण्डर बनाइएका दुर्गा प्रसाईंलाई गुण्डानाइकेको संज्ञा दिँदै उनले यस्तो बताएका हुन् ।
‘दुर्गा प्रसाईं गुण्डा नाइके हो, राज्यले पुलपुल्याउँदा आज यो परिणाम देखियो, उसको क्रियाले राजसंस्था फर्किँदैन, म ठोकुवा दिएर भन्छु, भाटभटेनीलाई लुटपाट गरेर राजसंस्था फर्किन्छ? भाटभटेनीमा ढुंगा हानेर नेपालको संविधान संविधान मेटिन्छ? हामी बुझ्दैनौँ? यो सबै डकैत हो,’ उनले भने ।
यस्तै, सरकारले व्यवसायीको सुरक्षा गर्न नसकेको भन्दै उनले आक्रोश पोखे । ‘हामीले वर्षेनी ट्याक्स तिर्छौं सरकारलाई, हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ, तर हामीलाई सुरक्षा खोइ? हाम्रा दशौँ हजार भाइबहिनीको सुरक्षा खोइ? दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ?,’ उनले राज्यसँग प्रश्न गरे ।
यस्तै, राज्यले एउटा डनलाई पुल्पल्याउँदा यो परिणाम आएको दाबी गर्दै मारवाडीमाथि खनिनु गलत भएको बताए । ‘मारवाडीले यस्तो गर्यो, त्यस्तो गर्यो भन्दै हिँड्छ, मारवाडी देशको नागरिक होइन? मारवाडी भगाउन सम्भव छ? देश कंगाल बनाउने? यो सबै डकैत हो,’ उनले भने ।