0
Shares
काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले आगलागीमा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई आर्थिक सहयोग गर्ने भएका छन् ।
उनले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा आगो लागेर ज्यान गुमाएका सुरेशको परिवारलाई ५ लाख दिने बताएका हुन् । यस्तै, सविन महर्जनको परिवारलाई ३ लाख दिने घोषणा गरे ।
आज एक कार्यक्रममा उनले पत्रकार सुरेश र सवारी मजदुर सविनको परिवारलाई आर्थिक राहत दिने बताएका हुन् ।