0
Shares
काठमाडौं । पछिल्लो दिन लगातार चार दिन बढेर नयाँ रेकर्ड बनाएर सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६०० सय रुपैयाँले घटेको हो ।
योसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार, आइतबार, सोमबार र मंगलबार मूल्य बढेसँगै हरेक दिन नयाँ रेकर्ड कायम बनाएको थियो ।
यसअघि, मंगलबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ७९ हजार ७०० रुपैयाँ कायम रहेको थियो ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । योसँगै आज प्रतितोला २ हजार ३५ रुपैयाँ कायम भएको छ ।