रुखले च्यापिएर डोटीमा बालकको निधन

0 Shares

डोटी । जिल्लामा दाउरा काट्ने क्रममा रुखले च्यापिएर बालकको मृत्यु भएको छ । सायल गाउँपालिका २ खरगडाका मदन बोहराका १४ वर्षीय छोरा तिलकको निधन भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिं नेगीले जानकारी दिए ।

उनका अनुसार सायल ५ पटकानीस्थित मामा घर बस्दै आएका बोहरा रानीवन जंगलमा दाउराका लागि बाँझको रुख काट्ने क्रममा दिउँसो १२ बजे सोही रुखले च्यापिएर गम्भीर घाइते भएका थिए ।

घाइते बोहरालाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएकामा दिउँसो ३ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार