0
Shares
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार डिजेलको मूल्य घटेको छ ।
नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो ।
निगमले जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४५ पैसा बढेर आएको थियो । सोहीअनुसार पेट्रोलको मूल्य स्थिर रहेको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ ।
