विस्तार हुँदै नेपाल टेलिकमको अप्टिकल फाइबर, जोडियो तीन जिल्ला

0 Shares

काठमाडौं । नेपाल टेलिकमले कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म पहिलो पटक अल डाइइलेक्ट्रिक सेल्फ सपोर्टिङ (एडीएसएस) प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरेको छ। योसँगै उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालन हुन पुगेको छ ।

देशको दुर्गम क्षेत्रमा समेत सर्वसुलभ दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने अभियानसहितको लक्ष्यअन्तर्गत टेलिकमले विस्तार गरेको फाइबर विस्तार कालिकोट, जुम्ला, मुगुलगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुनुका साथै भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिका लागि समेत महत्वपूर्ण रहेको छ ।

माइक्रोवयव रेडियो लिङ्कमार्फत हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका कम्पनीका फाइबर इन्टरनेट (एफटीटी) तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणका साथै एनटीटिभी ब्रान्डको टेलिभिजन सेवासमे सञ्चालनमा ल्याइएको छ । यसलाई नेपालको दूरसञ्चार क्षेत्रमा कोसेढुंगाको रुपमा लिन सकिन्छ ।

सेवा विस्तारसँगै उक्त क्षेत्रका सेवाग्राहीले हाल सञ्चालनमा रहेका सेवाको गुणस्तर तथा क्षमता अभिवृद्धि भएको प्रत्यक्ष अनुभव गर्ने छन् । यसका साथै दुरसञ्चार सेवाका लागि आवश्यक पर्ने ट्रान्समिसन रूटको वैकल्पिक मार्ग स्थापना भई अटुट सेवा प्रवाहको प्रत्याभूति हुनेछ ।

टेलिकम देशको भौगोलिक चुनौतीलाई आत्मसात गर्दै हरेक प्रयोगकर्तालाई दूरसञ्चार सेवाद्वारा जोड्नका लागि सदैव प्रतिबद्ध रहेको संस्था हो ।

सम्बन्धित समाचार