सुनको मूल्यमा सामान्य गिरावट, आज कति पुग्यो ?

0 Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला १ लाख ७३ हजार ५०० सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, चाँदीको मूल्य आज पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा किनबेच भइरहेको छ ।

सम्बन्धित समाचार