काठमाडौंमा १८ लाख रुपैयाँ बराबर धनमाल चोरी

0 Shares

काठमाडौं । जिल्लाको चन्द्रागिरिमा १८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चन्द्रागिरि नगरपालिका १२ टयार्चाटोल बस्ने तेजनारायण गैरेको घरबाट नगद एक लाख रुपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब १७ लाख ९९ हजार आठ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

प्रहरीका अनुसार आइतबार उक्त धनमाल चोरी भएको हो । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित समाचार