फोहरमा नवजात शिशुको शव भेटियो

0 Shares

उदयपुर । उदयपुरको कटारी नगरपालिका ३ राजावासमा रहेको फोहर विसर्जनस्थल (डम्पिङसाइट)मा फालिएको फोहरमा नवजात शिशुको शव फेला परेको छ ।

फोहर संकलन गरी फोहर छुट्याउने क्रममा कामदारले फोहरसँगै फालिएको फोहर कपडाभित्र शिशुको शव देखेको वडा सदस्य पष्पु खाँले बताए । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय देव ढुंगेलले बताए ।

वडा सदस्य खाँका अनुसार आजै बिहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्र्याक्टरले संकलन गरी लगेर फालेको फोहरमा शव भेटिएको हो । शवलाई प्रहरीले कटारी अस्पतालमा लगेर राखेको छ ।

“आजै उठाइएको फोहरमा शव रहेछ,” वडा सदस्य खाँले भने, “नगरपालिकाको ट्र्याक्टरमा शवलाई अस्पताल ल्याइएको छ ।”

इलाका प्रहरी कार्यालय कटारीले शव भेटिएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ । महिना पुगिसकेको जस्तो देखिने कपाललगायतका अंग बनिसकेको मृत नवजात शिशुको शव भेटिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार