नेपाल आयल निगमको लाभांश घोषणा, साधारण सभा पनि आव्हान

0 Shares

काठमाडौं । नेपाल आयल निगमले लाभांश दिने घोषणा गरेको छ । निगमको चैत ४ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट करसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न निगमले चैत २९ गते साधारण सभा बोलाएको छ । सभा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्ष, सिंहदरबार काठमाडौंमा अपरान्ह १ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । निगम दोस्रो बजारमा सूचीकृत भएको संस्था भने होइन । यो सरकारी स्वामित्वको संस्था हो ।

सम्बन्धित समाचार