पहिलो खेल हारेको नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’सँग भिड्दै, कसले जित्ला खेल ?

0 Shares

काठमाडौं । नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीच दोस्रो टी २० सिरिज आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराहन्न १ बजे सुरु हुनेछ ।

शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१ रनले विजयी भएको थियो । यसअघि बिहीबार हुने खेल वर्षाका कारण रोकिएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार शुक्रबार पहिलो खेल भएको हो । नयाँ तालिकामा अब नेपाल ‘ए’ आयरल्याण्ड ‘ए’सँग आज दोस्रो र अप्रिल १ मा तेस्रो टी २० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एक दिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

नेपाली टोलीमा कप्तान विनोद भण्डारीको नेतृत्वमा लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ती, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

सम्बन्धित समाचार