सामसङको ग्यालेक्सी ए५६ स्मार्टफोनको प्रि-अर्डर घोषणा

0 Shares

काठमाडौं। सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए ५६ ५जी स्मार्टफोनको प्रि-अर्डर घोषणा गरेको छ। आगामी २१ मार्चदेखि २४ मार्च २०२५ सम्म (वा स्टक रहुञ्जेल), उपभोक्ताहरूले यो फोनको प्रि-अर्डर गरी विशेष अफर लिन सक्ने छन्।

ग्यालेक्सी ए ५६ ५जीले पहिलो पटक ‘एनीसम इन्टेलिजेन्स’सहितको एआईयुक्त फोन ल्याएको हो। वान यूआइ ७ द्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली एआई टुलहरू प्रदान गर्दै खोजी र भिजुअललाई नयाँ उचाइमा पुर्‍याएको छ।

साथै, यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्दछ।

विशेष प्रि-अर्डर अफरहरू:

दुई हजार तिरेर ग्यालेक्सी ए ५६ ५जी प्रि-अर्डर गर्न सकिने छ।

प्रि-अर्डर गर्ने ग्राहकहरूले ७ हजार ९९९ मूल्य पर्ने ग्यालेक्सी फीट ३ केवल ३ हजार ९९९ मा प्राप्त गर्ने अवसर पाउने छन्।

उपलब्ध भेरियन्टहरू:

१२ जीबी र्‍याम २५६ जीबी स्टोरेज- ७०,९९९

८ जीबी र्‍यामं २५६ जीबी स्टोरेज-६५,९९९

ईएमआई सुविधा:

सामसङ इस्टा फाइनान्स सेवाअन्तर्गत हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत देशभरका आधिकारिक सामसङ स्टोरहरूमा शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई योजनामा उपलब्ध छ। प्रक्रियाका लागि केवल नागरिकता प्रमाणपत्रको आवश्यकता पर्ने छ।

सम्बन्धित समाचार