ट्रकमा २५ करोड बोकेर काठमाडौँ आउँदै गर्दा दुई जना पक्राउ

0 Shares

काठमाडौं । प्रहरीले २५ करोड नगदसहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंबाट ट्रक चालकलाई समेत पक्राउ गरेको छ ।

नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित ट्रक चालकसहित दुई जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अनुसन्धान अधिकृतहरूले रकम यकीन गर्न गन्ने काम गरिरहेका छन् । काठमाडौंको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको हो ।

सम्बन्धित समाचार