0
Shares
काठमाडौं । शित लहरसँगै चिसो बढेपछि विराटनगर महानगरले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
महानगरले मंगलबार सूचना जारी गर्दै माघ ३ गते बुधबारदेखि माघ ५ गतेसम्म तीन दिनसम्म सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको हो । चिसो बढ्न थालेपछि विद्यालयको पठन पाठनलगायतका गतिविधिमा कठिनाइ भएको थियो ।
विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई ध्यानमा राखी बिदा दिने निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ ।