काठमाडौं। इन्ष्टिच्युट अफइञ्जिनियरिंग (आईओई), थापाथली क्याम्पसले आफ्नो ५९औँ वार्षिक समारोहका अवसरमा आफ्नै क्याम्पस प्रांगणमा एक भव्य कार्यक्रमको आयोजना गरेको छ ।
बुधबार इन्ष्टिच्युट अफइञ्जिनियरिंग (आई.ओ.ई), थापाथली क्याम्पसले आफ्नो ५९औँ वार्षिक समारोह समापन भएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शंकर गु्रपको भगिनी संस्था जगदम्बा स्टिलको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममार्फत २०८१ सालको त्रिभुवन विश्वविद्यालयअन्तर्गत इञ्जिनियरिंग संकायको परीक्षामा इञ्जिनियरिंग संस्थान, थापाथली क्याम्पसको स्नातकतहमा सर्वोत्कृष्ट अंक ल्याउन सफल प्रजेश श्रेष्ठलाई सम्मानित गरिएको छ ।
शैक्षिक उत्कृष्टता प्रदर्शित गर्दै इञ्जिनियरिंग संस्थान, थापाथली क्याम्पसको स्नातक तहमा सर्वोत्कृष्ट अंकल्याउन सफलउनलाई “श्री शंकर लालअग्रवाल स्वर्ण पदक २०८१”, प्रमाणपत्रका साथै नगद ५१ हजार पुरस्कारका साथ सम्मानित गरिएको हो ।
इ.अ.सं., डीन प्रा. डा. सुशीलबहादुर बज्राचार्यको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विशेष अतिथीका रुपमा शंकर ग्रुपका निर्देशक संचालन तथा मार्केटिङ्ग रवि प्रकाशका साथै इन्ष्टिच्युट अफइञ्जिनियरिंग, थापाथली क्याम्पसका क्याम्पस प्रमुख डा. खेम ज्ञवलीलगायतको उपस्थिति थियो ।