अर्थ मन्त्रालयले बनायो शर्माको संयोजकत्वमा बजेट लेखन समिति गठन

0 Shares

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनको लागि ‘कोर टिम’ बनाएको छ। बजेट लेखनको लागि सह-सचिव तथा राजस्व महाशाखा प्रमुख धनिराम शर्माको संयोजकत्वमा लेखन समिति बनाएको हो।

समिति सदस्यहरूमा बजेट महाशाखा प्रमुख रितेश शाक्य, वित्तीय संघीयता समन्वयन महाशाखा प्रमुख ईश्वरीअर्याल, अर्थनीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य, सह-सचिव रामप्रसाद आचार्य र आन्तरिक राजस्व विभागकी उप-महानिर्देशक पार्वती शर्मा छन्।

समितिको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट लेखनको कार्य गर्नेछ। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि १८ खर्ब रूपैयाँको बजेट सिलिङ दिएको छ।

सम्बन्धित समाचार