फागुन २७ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८१ फागुन २७ गते मंगलबार । सन् २०२५ मार्च ११ तारिख । नेपाल सम्बत ११४५ चिल्लाथ्व द्वादशी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर १७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ९ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

गरिएका कर्मको उचित प्रतिफल पाइने समय छ । शत्रु एवम् प्रतिस्पर्धी सजिलै परास्त होलान् । धन आर्जन गर्ने मौका जुर्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । तथापि, व्यवसायिक काममा खर्च बढ्ने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । विशेष योजना सोचेअनुसार पूरा नहुनाले खिन्नता बढ्न सक्छ ।

बृष

सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने दिन छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिने समय छ । व्यापारमा पनि राम्रै फाइदा होला । अध्ययन तथा अध्यापनमा प्रगति हुने देखिन्छ । परिश्रम भने केही बढी नै गर्नुपर्ला । स्वास्थ्य सामान्य कमजोर रहेपनि समष्टिमा भाग्योन्नतिको समय छ ।

मिथुन

बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । आजको दिन सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । तपाईंको कमी कमजोरीमाथि टिप्पणी हुन सक्छ । विगतको श्रमबाट भने लाभ हुने देखिन्छ । विभिन्न अवसर जुरे पनि सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ, ध्यान राख्नुहोला ।

कर्कट

आत्मविश्वास बढ्ने र प्रतिष्ठित कामको अवसर जुर्ने समय छ । विशिष्ट व्यक्तित्वसँग भेटघाट होला । पारिवारिक जमघटमा मन रमाउनेछ । मित्रजनबाट उपहार प्राप्त हुने योग छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने प्रयत्न गरेमा राम्रै उपलब्धि हातपर्ने देखिन्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने सम्भावना रहेकोले सजग रही व्यवहार गर्नुहोला ।

सिंह

समय उत्साहवर्द्धक रहला । व्यवहारबाट नयाँ ज्ञान प्राप्त हुन सक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु उचित हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा लाभको मात्रा बढ्नेछ । मातृशक्तिबाट पनि फलिफाप हुने योग छ । वैदेशिक क्षेत्रमा संलग्नता रहेका व्यक्तिका लागि विशेष उन्नतिको समय छ । यात्रागत कार्य उत्साहजनक रूपले सफल रहने देखिन्छ ।

कन्या

अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । प्रतिष्ठित तथा कीर्तिमानी कामको अवसर जुर्ला । काममा मातापिताको विशेष सहयोग प्राप्त हुने योग छ । श्रमको उचित मूल्यांकन होला । पढाइलेखाइमा प्रगति हुनेछ । सामाजिक कामको दायित्व बढ्ला । अरूको जिम्मेवारीसमेत वहन गर्नुपर्ला, जसबाट आत्मिक सन्तुष्टि मिल्नेछ ।

तुला

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । सामाजिक कार्यबाट प्रतिष्ठा कमाइने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ । सहयोगी वा हितैषीजनले तपाईंको कमी कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउनसक्ने देखिन्छ, सजग रही व्यवहार गर्नुहोला ।

बृश्चिक

प्रलोभन देखाउनेहरूले फसाउन सक्ने सम्भावना रहेकोले विशेष सजगताको खाँचो छ । समयमा होश नपुग्नाले फजुल खर्च हुनसक्छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ, तथापि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । व्यापारमा रहेका व्यक्तिका लागि राम्रै फाइदा हुने देखिन्छ ।

धनु

आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले आजको दिन बोली र व्यवहारमा विशेष सजगता अपनाउनु उचित होला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा कष्ट बढ्न सक्छ । परिवारजनबाट टाढिनु परेपनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई आत्मिक शान्ति मिल्ने समय छ । सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ला । अधुरा काम सम्पादन हुनेछन् भने नयाँ काम र जिम्मेवारी हातपर्न सक्छ ।

मकर

श्रमको उचित मूल्यांकन हुने समय भए पनि बन्दै गरेको काममा रोकावट तथा आकस्मिक खर्चसमेत बढ्ने योग छ । स्वास्थ्य केही कमजोर रहनाले काममा प्रगतिको मात्रा न्युन रहने देखिन्छ । जाँगर नचले पनि जिम्मेवारी भने बढिरहने देखिन्छ । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेबाट धोका मिल्नसक्ने सम्भावना रहेकाले विशेष सजगता अपनाइ व्यवहार गर्नु उचित होला । अध्ययन तथा अध्यापन कार्यमा प्रगति हुनेछ ।

कुम्भ

आजको दिन सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, सचेत रहनुहोला । प्रयास गर्दा रोकिएका बन्नेछन् । स्वादिष्ट भोजनको आनन्द पाइएला, तर स्वास्थ्य केही कमजोर रहनसक्ने हुँदा सजगता अपनाउनुहोला । नयाँ काम पाइने योग छ । खर्च भने केही मात्रामा बढ्ने देखिन्छ । मातापिताको विशेष सहयोग प्राप्त हुने योग छ ।

मीन

काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ । अरूले आलोचना गर्नसक्छन् । ज्यादा परिश्रमका बाबजुद फाइदा कमै होला । अध्ययन कार्यमा त्यति समय दिन नसकिएला । परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । मित्रजनको साथले मन बाँध्न सघाउ पुग्ने छ ।

 

सम्बन्धित समाचार