0
Shares
काठमाडौं । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरबाट जबरजस्ती करणी मुद्दामा सात जना युवा पक्राउ गरेको छ ।
घटनामा संलग्न भई पक्राउ परेका आरोपित १८ वर्षभन्दा मुनीका भएकाले प्रहरीले उनीहरूको पहिचान गोप्य राखेको छ ।
मकवानपुरले हेटौँडा उपमहानगर २ स्थित वनस्खण्डी मन्दिरमाथिको जंगलमा जबरजस्ती करणीको घटना भएको जानकारी दिए ।
घटनामा पीडित युवतीले २१ फागुनमा प्रहरी कार्यालयमा जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ५ जना र २३ गते थप २ जनालाई पक्राउ गरिएको हो ।