आज मिति २०८१ फागुन २४ गते शनिबार । सन् २०२५ मार्च ८ तारिख । नेपाल सम्बत ११४५ चिल्लाथ्व नवमी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर २० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ८ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
अनुकुलता वृद्धि हुनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिने समय छ । अरूको भावनालाई कदर गर्ने प्रयत्न गर्नुहोला, बेवास्ता गर्दा समस्या देखापर्नेछ । आजको दिन खर्च केही बढ्ने देखिन्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला, सफलता भने मिल्नेछ । मिठो भोजन प्राप्त होला । आमोदप्रमोदको माहोल बन्न सक्छ ।
बृष
शुभ समाचार प्राप्तिसँगै आनन्द वृद्धि हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका जुर्ला । मित्रता र प्रेमको बन्धन कसिन सक्छ । पठनपाठनमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैलाई प्रभावित तुल्याउन सकिनेछ । तपाईंको विचारलाई धेरैले मन पराउनेछन् । जबर्जस्ती नाता गाँस्नेहरूले केही दुःख दिन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा लाभ मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।
मिथुन
व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ । खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । स्वास्थ्यमा केही कमजोरी देखिएपनि दैनन्दिन कर्ममा असर नपर्ला । प्रयत्न गर्दा विशेष यात्राको अवसर जुट्न सक्छ । पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ । सहयोगी ठानिएका पात्र नै प्रतिस्पर्धीका रूपमा देखा पर्नसक्ने योग छ, सजग रहनुहोला । पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट
चोटपटकको योग देखिएकाले सवारीसाधन तथा हातहतियार उपयोग गर्दा आज विशेष सचेत रहनुपर्नेछ । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ, गोपनीयतामा ध्यान दिनुहोला । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनु उचित हुनेछ । इर्ष्या गर्नेहरुले फसाउन सक्छन्, चनाखो रहनुहोला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रसरागमा आकर्षण रहला ।
सिंह
विभिन्न अवसर प्राप्त हुने दिन छ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । खर्च केही बढ्ने देखिन्छ, अनावश्यक खर्चबाट जोगिने चेष्टा गर्नुहोला । बलजफ्तीले काम बिग्रन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुन सक्छन् । विवादले मन खिन्न तुल्याउन सक्छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । खर्च नियन्त्रणको प्रयास गर्नुहोला ।
कन्या
सकारात्मक कर्मले धेरैको मन लोभ्याउन सकिने समय छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले नाम, दाम र इनाम हातपर्ने योग छ । व्यावहारिक झमेला आइलाग्न सक्छन्, तर अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । भौतिक साधन जुटाउन सकिने छ, कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्ला ।
तुला
अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ला । आध्यात्मिक कार्यमा खर्च हुने योग छ । इच्छाशक्ति बढ्नुका साथै चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ । पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइनेछ । नयाँ व्यापार–व्यवसाय विस्तार गर्न चाहँदा सफलता मिल्ला । आरोग्यबल बढ्नेछ ।
बृश्चिक
आजको दिन मिश्रित फलदायी रहला । आम्दानीमा कमी नआएपनि सञ्चित धनको हानी नोक्सानी हुने कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन्, सजग रहनुहोला । परिस्थितिको बन्धनमा परिने योग छ, जसले चिडचिडाहट पैदा गर्न सक्छ । यात्रागत कार्य सार्थक बन्नेछ ।
धनु
परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहोला । धेरै बोल्दा विवाद निम्तिनसक्ने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्, विवेक प्रयोग गरी धारणा बनाउनु हितकर हुनेछ ।
मकर
नयाँ कार्ययोजना बन्ने र नयाँकामको सुरुवात हुने दिन छ । ब्यापारबाट सोचेभन्दा बढी लाभ हुने योग छ । काम सामान्य भए पनि राम्रो आम्दानी होला । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउला ।
कुम्भ
खर्च केही बढ्ने र कामकाजमा अवरोध हुने समय भएपनि हिम्मतले काम लिने प्रयत्न गर्नु उचित होला । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ । अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । वैदेशिक व्यापार सन्तोषजनक रहने छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन
मान महत्व वृद्धि हुने दिन छ । महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुने देखिन्छ । श्रमको उचित मूल्यांकन हुनेछ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुऱ्याउनुहोला । मेहनत गर्दा पढाइलेखाइमा प्रगति हुने समय छ । मिठो भोजन प्राप्त हुनेछ । सुख विलास पनि बढ्नेछ ।